९८५१२७४६५५
lishankhupakhar74655@gmail.com
भाषा चयन गर्नुहोस् :

ऐतिहाँसिक पृष्ठभूमी

विद्यालयकाे ऐतिहाँसिक पृष्ठभूमी (इतिहास देखि वर्तमान)

यस विद्यालयको संचालन गर्न मिति २०१६ साल तिर स्थानिय बुद्धिजीवीहरुको अगुवाईमा चौर बाट पढाई संचालन गरेको यस विद्यालय २०१७ सालमा अपौचारीक रुपमा मान्यता प्राप्त भई विद्यालयको भवन शिलन्यास तत्काली स्वर्गिाय प्रधानमन्त्रि वि. पी.कोईराला बाट भएको एतिहासीक पृष्टभुमी रहेको छ । यसरी २०१७ सालमा स्थापना भएको विद्यालय विभिन्न समस्याहरु भफ्ल्देै २०३५ सालमा निमावि स्वीकृत प्राप्त यस विद्यालयले खासै फड्को मारेको देखिदैन । विद्यालयको स्थापना समयमा देखि नै स्थानिय समाज सेवी स्व.टेक ब. लामा र गणेश ब.लामा महत्व पुर्ण योगदान रहेको छ । यसरी विविध समस्या हरु भफ्ल्देै आईरहेका यस विद्यालयलाई कक्षा अपडेड गराउन तत्कालीन वि.व्य.स. अध्यक्ष रविन्द्र लामा र स्थानीय समाज सेवी श्री कृष्ण ब. लामा उहाँको विशेष पहल र सहयोगमा २०५७ तिर विविध जग्गा सम्माउने कार्य र माध्यमिक तह संचालन को स्वीकृती प्राप्त भई २०५९ साल बाट एस एल सी परिक्षामा विद्यार्थी सामेल गराउदै आएको यस विद्यालयले २०७४ साल मा कक्षा ११ को अनुमति लिई २०७५ बाट कक्षा १२ पनि सञ्चालन गराउँदै अएकोमा २०७६ साल बाट नेपाल सरकारको ९- १२ को प्रविधिक धार तपफर््को अनुमति लिई बाली विज्ञान विषयको कक्षा सञ्चलन गदै आईरहेको छ । तत्कालीन वि.व्य.स. अध्यक्ष श्री दिल ब. लामा र प्र.अ. जगन्नाथ मिश्रको विशेष पहलमा विद्यालयको आफ्नै नाममा ८ रोपनी ८ आना ३ पैसा १ दाम जिल्ला मालपोत कार्यालय नुवाकोटमा यस विद्यालयको नाम जग्गा दर्ता भएको देखिन्छ ।